Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बहराइनसँग नेपालको फराकिलो हार

एसिया कप छनोटका लागि बहराइनमा रहेको नेपाली यू–२० टिम घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको छ। लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनोट सम्भावना सकिएको छ। 

बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सुरुवातबाटै दबाबमा परेको नेपाली युवा टिम पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको थियो। नेपाल खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले बहाराइका खेलाडीलाई फल गरेपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन्।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे। कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे। पहिलो हाफमा दुई गोल गरेको बहराइनले दोस्रो हाफमा थप चार गोल गर्दै नेपालविरुद्व आधा दर्जन गोल पुर्‍याएको थियो। 

जितसँगै समूह बी मा बहराइनले पहिलो जित निकाल्दै दुई खेलमा चार अंक बनाएको छ। नेपाल अंकविहीन अवस्थामा पुछारमा छ। अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार बंगलादेशको सामना गर्नेछ। 

प्रतियोगितामा नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा कतारसँग ३–१ ले हारेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP