Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

एसियन कप छनोट : बङ्गलादेशसँग ३–० गोलले पराजित नेपाल जितविहीन

काठमाण्डाै – २० वर्षमुनिको एसियन कप छनोटमा नेपाल जितविहीन भएको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएपछि नेपाल जितविहीन बनेको हो ।

बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक/एक गोल गरे । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा भएको खेलमा नेपाल ९ र बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।

खेलको २६औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरी र ३५औँ मिनेटमा कप्तान आयुष घलानले रातो कार्ड पाए । बङ्गलादेशका अजिजुल हक एनान्टोले दोहोरो पहेँलो कार्ड पाएपछि बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।

समूह चरणमा नेपालको लगातार चौथो हार हो । हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अङ्कविहीन रहँदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । पहिलो खेलमा नेपाल भुटानसँग, दोस्रो खेलमा कतारसँग र तेस्रो खेलमा आयोजक बहराइनसँग पराजित भएको थियो । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ ।

तस्बिर : एन्फा 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP