
काठमाण्डाै – इङ्ग्ल्यान्डसँगको चाैथाे टी–२० क्रिक्रेटमा पाकिस्तान विजयी भएको छ । कराचीमा गए राति पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३ रनले हराएको हो ।
जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो । इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रुकले ३४ र लियाम डसनले ३४–३४ रनको योगदान गरे । यस्तै, बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद नवाज र हरिस राउफले ३/३ विकेट लिए भने मोहम्मद होस्नेनले २ तथा मोहम्मद वासिमले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ र आशिफ अलीले १३ रन बनाए । इङ्ग्ल्यान्डका लागि रिसी टोप्लेले २ विकेट लिए भने लियाम डसन र डेबिड विल्लेले समान एक/एक विकेट लिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया