Trending
समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित

अस्ट्रेलियाविरुद्धको सिरिज भारतले जित्यो

काठमाडौं : भारत र अस्ट्रेलियाबिच जारी तीन खेलको टी-२० सिरिज  घरेलु टोली भारतले ३-१ ले कब्जा गरेको छ। आइतबार राति हैदराबादमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै ९ वर्षपछि घरेलु मैदानमा सिरिज जितेको हो।

भारतको जितमा सूर्यकुमार यादव र विराट कोहलीले विष्फोटक ब्याटिङ गर्दै टिमको जित निश्चित गरेका थिए। घरेलु मैदानमा भारतले अस्ट्रेलियालाई २०१३ पछि पहिलो पटक हराएको हो।

खेलमा अस्ट्रेलियाले टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ८६ रन  बनाएको थियो। जवाफमा उक्त लक्ष्य भारतले १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पुरा गर्‍यो। भारतको जितमा  सूर्यकुमार यादवले ३६ बलमा ६९ रन बनाउँदा विराट कोहलीले ४८ बलमा ६३ रन बनाए। त्यस्तै हार्दीक पाण्ड्य २५ रनमा नटआउट रहँदा कप्तान रोहित शर्माले १७ रन बनाएका थिए। अस्ट्रेलियाका लागि डेनियल सम्सले २ विकेट लिँदा जोस ह्याजलवुड र प्याट कमिन्सले १-१ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले ५२ रन बनाउँदा टिम डेभिडले ५४ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै ड्यानियल सम्सले २८ रन बनाएका थिए। भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने भवनेश्वर कुमार, युजभेन्द्र चाहल, हर्षल पटेलले समान १-१ विकेट लिएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP