Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एआइपीएस एसियाको कोषाध्यक्षमा पुनः राजवंशी निर्वाचित

ललितपुर : एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कोषाध्यक्षमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष निरञ्जन राजवंशी पुनः निर्वाचित भएका छन्। 

इटालीको रोममा भएको  अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस) को ८४ औं विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा फेरी चयन भएका हुन्।

मंगलबार भएको निर्वाचनमा बाँकी प्रतिस्पर्धीहरुले नाम फिर्ता लिएपछि १७ सदस्यीय कार्यसमिति नै निर्विरोध भएको घोषणा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी सम्मिलित तीन सदस्यीय निर्वाचन समितिले गरेको थियो। 

कोषाध्यक्ष पदकै प्रत्यासी मंगोलियाका चुल्तेन ओड्गोनबाटार साटोले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएपछि राजवंशी निर्विरोध भएका हुन्। उनी यसअघि पनि दुई कार्यकाल कोषध्यक्ष नै रहेका थिए। यसअघि उनी २०१६ मा बहराइनमा भएको निर्वाचनमा पहिलो पटक कोषाध्यक्ष भएका थिए। त्यसपछि अर्को साल पाकिस्तानको इस्लामावादमा भएको निर्वाचनमा उनले सिरियाका प्रतिद्वन्द्वीलाई पराजित गर्दै कोषाध्यक्ष भएका थिए।  मलेसियाका अहमद खवारी इशाले नाम फिर्ता लिएपछि वर्तमान अध्यक्षमा दक्षिण कोरियाका हि डोन जुङ निर्वाचित भए। 

त्यसैगरी प्रथम उपाध्यक्षमा साउदी अरेवियामा अदिल अल जहरानी, पाँच उपाध्यक्षहरुमा मलेसियाका खवारी इशा, भारतका सबा नायकन, कतारका मुबारक बल बोइनिन, कुवेतका खलिल हैदर र इरानका मैजम जमानवादी निर्वाचित भए भने महासचिवमा पाकिस्तानका अमजद अजिज मलिक निर्विरोध भएका छन्। 

त्यसैगरी सुरुमा १५ जना प्रतिस्पर्धामा रहेपनि अन्ततः  ८ जना निर्विरोध भए। ती केन्द्रीय सदस्यहरुमा ओमानका अहमद शैख अलकाबी, मकाउका निम फोङ, बंगलादेशका सनत बाब्ला, चाइनिज ताइपेईका हेलन ची, जापानका हिरोकी शोदा, कजाकिस्तानका इलियास ओमारोभ, प्यालेस्टाइनका सफ्वान अबु सनाब र यमनका अब्दुलसलाम हमोद अलि अलसाउदी छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP