
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ।
गएराति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो। आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई गोल गरे भने गाब्रियल मार्टिनेलीले एक गोल थपे।
लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरे। खेलको पहिलो मिनेटमै मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए।
पहिलो हाफको इन्जुरी समयमा साकाले गोल गर्दै आर्सनलको अग्रता २–१ को बनाए। खेलको ५३ औँ मिनेटमा लिभरपुलका फिर्मिन्होले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए।
त्यसपछि खेलको ७६ औँ मिनेटमा साकाले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाएका हुन्। आर्सनलले ९ खेलमा २४ अंक जोडेको छ। १० अंक जोडेको लिभरपुल १० औँ स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले एभर्टनलाई २–१ ले हराएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया