Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दक्षिण अफ्रिकालाई हराउँदै एकदिवसीयमा भारत विजयी

एजेन्सी । तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १०० सय रनको लक्ष्य भारतले मात्र १९.१ ओभरमा पूरा गर् यो। भारतले तीन विकेट गुमाएर १०३ रन बनाउँदै ७ विकेटले खेल जितेको हो।

भारतीय खेलाडी शुभमन गिलले ४९ रन बनाए भने भारतका लागि श्रेयस अय्यरले छक्का प्रहार गर्दै खेललाई जित दिलाए। कप्तान शिखर धनले १४ बल खेलेर मात्र ८ रन बनाएर आउट भए। ५८ रनको स्कोरमा विकेटकिपर क्विन्टन डी ककले इशान किशनको क्याच लिए। इशानले कुल १० रन मात्र बनाए।

शुभमन गिल ४९ रन बनाएर एलबीडब्ल्यू आउट भए । यसअघि टस हारेर ब्याटिङ गरेको अफ्रिकी टोली ९९ रनमा अलआउट भएको थियो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन, यानेमन मलानले १५ रन र मार्को जान्सनले १४ रन बनाए।

बलिङ गर्दै कुलदीप यादवले चार विकेट लिए । यसबाहेक मोहम्मद सिराज, शाहबाज अहमद र वासिङ्टन सुन्दरले समान २–२ विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP