Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

तिहारको छेको पारेर प्रदर्शनमा आउन लागेका चार नेपाली फिल्म

काठमाडौं : दशैँ तिहार बिदा नेपाली फिल्मका लागि लाभदायक रहँदै आएको छ। जसले गर्दा निर्माता दशैँ तिहारकै छेउछाउमा आफ्नो फिल्म प्रदर्शन गर्न चाहन्छन्।

तर, कहिले निर्माणको समय तलमाथि हुँदा त कहिले अगाडि नै अन्य फिल्मले आफ्नो स्थान सुरक्षित गर्दा धेरै निर्माताले आफ्नो फिल्म अन्य मितिमा प्रदर्शन गर्नुपर्ने हुन्छ।

दशैँ सकिइसकेपछि तिहारको अवसर पारेर चार वटा नेपाली फिल्म प्रदर्शनको तयारीमा छन्। कात्तिक १० गतेको भाइटिकाको अगाडि र पछाडिको बिदामा हलमा रहने गरी ४ गते र ११ गतेको शुक्रबारका लागि समान दुई दुई फिल्म प्रदर्शनमा आउन लागेका हुन्।

कात्तिक ४ गते दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’ र रिमेश अधिकारीको ‘नालापानी’ एकसाथ प्रदर्शनमा आउँदैछन्। ‘के घर के डेरा’मा डेरावालहरूको कथामा बनेको छ। जहाँ काठमाडौंमा घर बनाउन संघर्ष गरिरहेका पात्रहरूको कथा हाँस्यरसमा देखाइएको छ। फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

ऐतिहासिक कथामा बनेको ‘नालापानी’मा सन् १८१४ देखि १६ सम्म गोर्खाली सेनाले अंग्रेजसँग गरेको युद्धको कथा रहेको छ। नेपालको गौरवमय इतिहास बोकेको नालापानी युद्धमा नेपालको प्रतिनिधित्व बलभद्र कुँवरले गरेका थिए।

फिल्ममा अर्जुन जंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्यलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

त्यस्तै ‘लाखे’ र ‘महापुरुष’ तिहारको भोलिपल्ट असोज ११ देखि प्रदर्शनमा आउँदैछन्। सम्राट बस्नेतको निर्देशनमा बनेको क्राइम एक्सन थ्रीलर फिल्म ‘लाखे’मा सौगात मल्ल, अर्पण थापा, सुशिल सिटौला, वर्षा राउत, आर्यन अधिकारी, अनुप विक्रम शाहीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

नेपालमा कम बन्ने क्राइम सस्पेन्स थ्रीलर जनरामा बनेको र स्टार कास्ट भएकाले ‘लाखे’ प्रतीक्षित फिल्म मानिएको छ। व्यवसायिक रुपमा कम सफल देखिएका यो जनराका नेपाली फिल्ममा ‘लाखे’ अपवाद हुने अनुमान गरिएको छ।

जात्रा, शत्रु गते, जात्रै जात्रा जस्ता व्यवसायिक रुपमा ब्लकबस्टर फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईको निर्देशनमा बनेको ‘महापुरुष’ यो वर्षको अर्को प्रतीक्षित नेपाली फिल्म हो। यही फिल्ममार्फत लामो समयपछि महजोडी ठूलो पर्दामा देखिएका छन्। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बाहेक फिल्ममा गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

अन्तिम चरणको प्रचार प्रसारको तयारीमा रहेका सबै फिल्मको ट्रेलर र केही गीतहरू सार्वजनिक भइसकेका छन्। प्रदर्शन अघि ‘के घर के डेरा’को चर्चा अन्य फिल्मको तुलनामा बढी देखिएको छ। ठूलो बजेटमा बनेको ‘नालापानी’को चर्चा कम देखिएको छ।

दशैँ तिहारकै अवसर पारेर प्रदर्शनमा आउँदैमा फिल्म सफल नै हुन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन। ठूला पर्वको छेको पारेर प्रदर्शनमा आएर पनि गतिलै घाटा व्यहोरेका फिल्मको सूची पनि लामै छ। साथै हलमा नेपाली फिल्मको प्रतिस्पर्धा नेपाली फिल्मसँग मात्रै छैन। ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शनको भोलिपल्टदेखि हलिउड फिल्म ‘ब्ल्याक एडम’ प्रदर्शनमा आउँदैछ। जसले विश्व बक्स अफिसमै तरंग ल्याउने अनुमान गरिएको छ।

त्यस्तै ‘महापुरुष’ र ‘लाखे’ प्रदर्शनको तीन दिनअघिदेखि दुई प्रतीक्षित बलिउड फिल्म ‘राम सेतु’ र ‘थ्यांक्स गड’ प्रदर्शनमा आउँदैछन्। जसले हलमा नेपाली फिल्मको शो घटाउने देखिएको छ।

दशैँको छेको पारेर प्रदर्शनमा आएको ‘प्रेम गीत ३’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ भने दशैँपछि प्रदर्शनमा आएको ‘दुई नम्बरी’ यतिवेला सफलताका साथ प्रदर्शनरत छ। यस्तोमा तिहारमा आउने फिल्मले हलमा कस्तो प्रदर्शन गर्छन्, त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP