Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नवौँ राष्ट्रिय खेलकुद : महिला हकीमा गण्डकीको विजयी शुरुवात

पर्वत : गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हकी प्रतियोगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ।

गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखराको मैदानमा बिहीबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

गण्डकीका तर्फबाट सोनु बरालले १३ औँ मिनेटमा गोलको खाता खोलेकी थिइन्। त्यसको दुई मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन्। गण्डकीले दोस्रो क्वार्टरमा अझै आक्रामक खेल्दै २ गोल थप्यो। खेलको १७ औँ र २६ औँ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाइन्।

खेलको तेस्रो क्वार्टरमा गण्डकीले २ गोल थप्यो। खेलको ३४ औँ मिनेटमा सोनु बरालले १ गोल गरिन् भने कमलाले ४२ औँ मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन्। अन्तिम क्वार्टरमा गण्डकीको तर्फबाट दीपशिखा पौडेलले ५५ औँ मिनेटमा गोल थपिन्।

यसअघि उद्घाटन खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिए पनि जर्सी नआइपुगेपछि गण्डकी प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा गराइएको थियो। दोस्रो खेलमा बागमती र सुदूरपश्चिम अहिले खेलिरहेका छन्। ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक २ खेल हुनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP