
म्याग्दी : म्याग्दीको बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल प्रतियोगिताको लिग चरण सकिएको छ। प्रतियोगिता अन्तर्गत लिग चरणको विजेता र उपविजेता ८ टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
आइतबार भएको खेलमा एपिएफले आर्मीलाई र बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरे। बागमतीले २५–६, २५–८ र २५–७ अंकले सहज रुपमा मधेश प्रदेशलाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा सुरक्षित गरेको हो।
सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाली सेनासँग २५–२०, १९–२५, २५–२१ र २५–२३ को जित निकाल्यो। एउटै समूहबाट एपिएफले विजेता र सेनाको त्रिभुवन आर्मी क्लबले उपविजेता हुँदै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन्। आइतबार नै भएको खेलमा एपिएफकी निरुता थकुन्ना र बागमतीकी जेनिसा बिक उत्कृष्ट खेलाडी घोषित भएका छन्।
लिग कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा पहिलो चरणको दुईवटा प्रतिस्पर्धामा पराजित मधेश प्रदेश र कर्णाली प्रदेश लिग चरणबाटै बाहिरिएको जानकारी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले दिए।
सोमबार शुरु हुने क्वार्टरफाइनलमा एपिएफ र लुम्बिनी प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए।
प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीले सहभागिता जनाएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया