Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको स्वर्ण नेपाल पुलिसलाई

काठमाडौं : विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । 

पोखरा रंगशालामा मंगलबार भएको खेलमा पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर मात्र ८४ रन  जोड्न सक्यो। सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफका लागि रोमा थापाले सर्वाधिका २६ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन।

रजमती ऐरीले अविजित १२ रनको पारी खेलेको खेलमा अन्य ब्याटरले भने राम्रो स्कोर छुन सकेनन् । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको एपिएफकाकी ज्योति पाण्डे र सीता राना मगरले समान ७ रनको पारी खेल्दा इन्दु बर्माले मात्र २ रन जोडिन्। ममता चौधरीले ९ रनको पारी खेल्दा सरिता मगरले पनि समान ९ रन नै जोडिन्।

एपीएफको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसकी ईश्वरी बिष्टले सर्वाधिक २ विकेट निकाल्दा रुबिना क्षेत्री, संगीता राई र हिरण्मय रोयले समान १÷१ विकेट आफ्नो नाममा लेखाए।
यसअघि टस  जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन जोड्न सफल भएको थियो। पुलिसका  लागि काजल श्रेष्ठले सर्वाधिक २७ रनको पारी खेल्दा अर्की ओपनर कविता कुवँरले ११ रनको व्यक्तिगत स्कोर गरिन्।

सम्झना खड्काले २१ रन बटुल्दा कप्तान रुबिनाले ८ तथा कविता जोशीले १३ त था अपसरी बेगमले २ रन जोडिन्। 

बलिङतर्फ नेरी थापा, इन्दु बर्मा र सीता राना मगरले समान १\१ विकेट लिए। यस पराजयसँगै एपिएफ महिला क्रिकेट प्रतियोगितामा रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो।

यस्तै मंगलवार नै भएको अर्को खेलमा वागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित निकाल्दै काँस्य पदक निकालेको छ। लुम्बिनीले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेशले १६.१ ओभरमा ३ विकेट गुमाएर भेटाउन सफल भएको हो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP