प्रिमियर लिग : हालान्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

घरेलु मैदान इतिहादमा भएको खेलमा ब्राइटनलाई ३–१ ले हराउँदै सिटीले अङ्क तालिकामा आर्सनलसँगको दूरी घटाएको छ । खेलको २२औँ मिनेटमा एर्लिंग हालान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

४३औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । खेलको दोस्रो हाफमा ब्राइटनका ट्रोसार्डले गोल गरे । तर ७५औँ मिनेटमा केभिन डी ब्रुएनाले थप गोल गरेपछि सिटी ३–१ ले विजयी भयो । जितसँगै म्यानचेस्टर सिटी ११ खेलबाट २६ अङ्कसहित अङ्कतालिकाको दोश्रो स्थानमा छ ।

तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलको २७ अङ्क छ । हिजो भएको खेलमा नटिङ्घम फरेस्टसँग लिभरपुल १–० ले पराजित भएको छ । त्यस्तै एभर्टनले क्रिस्टल प्यालेसलाई ३–० गोलले हरायो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP