Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी-२० विश्वकप : पाकिस्तानविरुद्ध भारतको ४ विकेटको रोमाञ्चक जित

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ।

जितका लागि भारतलाई १ बलमा १ रन चाहिएको अवस्थामा दिनेश कार्तिक आउट भएलगत्तै ब्याटिङ गर्न आएका रविचन्द्रन आश्विनले भारतलाई जित दिलाए।

जितका लागि पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा  गर्‍यो।

भारतका लागि विराट कोहलीले विस्फोटक ब्याटिङ गरे। ५३ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा अविजित ८२ रन जोडे।

जितसँगै भारतले अघिल्लो विश्वकपमा पाकिस्तानसँगको हारको बदलासमेत लिएको छ। अघिल्लो विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो।

हार्दिक पाण्ड्या ४० रनमा क्याच आउट भए। ओपनिङमा आएका केएल राहुल र कप्तान रोहित शर्माले  ४/४ रन बनाएर पेवेलियन फर्किए भने सूर्यकुमार यादव १५ रनमा आउट भए। अक्षर पटेल पनि सस्तैमा समेटिएका थिए। ३ बलको सामना गरेका उनले मात्र २ रन जोडे। दिनेश कार्तिक १ रन जोडेर आउट भए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएपछि भारतले जितका लागि १ सय ६० रनको लक्ष्य पाएको थियो।

पाकिस्तानको स्कोर सम्मानजनक बनाउन उसका दुई खेलाडीले अर्धशतक प्रहार गरे। सन मसुदले सर्वाधिक ५२ तथा इफ्तिखार अहमदले ५१ रनको योगदान गरे पनि अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

पाकिस्तानका ओपनर तथा कप्तान बाबर आजम शून्य रनमा आउट हुँदा मोहम्मद रिज्वान ४ रनमा पेवेलियन फर्किए। बलिङतर्फ भारतका अर्शदीप सिंह र हार्दिक पाण्ड्याले ३/३ विकेट हात पारे। भुवनेश्वर कुमार र मोहम्मद सामीले १/१ विकेट लिए।

पाकिस्तानमाथिको जितसँगै भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP