Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

आइएमएफको प्रक्षेपण : यस वर्ष नेपालको आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहने

काठमाडौं :अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।

यसै साता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आइएमएफले यसअघिको शुरुवाती आर्थिक वृद्धिदर अनुमान संशोधन गरेको हो। गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। 

आइएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ। आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले ६ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो।

तर हाल उक्त प्रक्षेपणलाई घटाएर ५ प्रतिशतमा झारेको छ। सरकारले भने आर्थिक वर्ष ०७९/८० मा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।

आइएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ। मुद्रास्फीति सन् २०२२ मा ६ दशमलव ३ प्रतिशत र सन् २०२३ मा ७ दशमलव ७ प्रतिशत रहने आइएमएफको शुरुवाती अनुमान थियो।

तर अहिले त्यसलाई संशोधन गर्दै सन् २०२२ मा ८ दशमलव १ प्रतिशत र सन् २०२३ मा ७ दशमलव २ प्रतिशत पुग्ने अनुमान गरिएको छ। 

चालू आर्थिक वर्षको बजेटमार्फत् सरकारले भने मूल्यवृद्धिलाई ७ प्रतिशतको सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ। पछिल्लो समय मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ। कोभिड महामारी र रुस-युक्रेन युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ। 

आइएमएफका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा ६ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३ दशमलव २ प्रतिशतमा सीमित हुने अनुमान छ। सन् २०२३ मा झन् खस्केर २ दशमलव ७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। जुन पछिल्लो दुई दशकयताकै सुस्त हो। 

विश्व मुद्रास्फीति दर यसवर्ष ८ दशमलव ८ प्रतिशत कायम हुने आइएमएफको अनुमान छ। सन् २०२३ मा भने त्यो घटेर ६ दशमलव ५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP