Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी–२० विश्वकप : पाकिस्तान जिम्बाब्वेसँग १ रनले पराजित

एजेन्सी । टी–२० विश्वकप क्रिकेटमा खेलमा पाकिस्तान जिम्बाब्वेसँग १ रनले स्तब्ध बन्यो। बिहीबार बेलुकी सम्पन्न खेलमा जिम्बाब्वेले पाकिस्तानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो। 

टस  जितेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा पाकिस्तान अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउन पुगेपछि पाकिस्तान १ रनले पराजित भयो।

पहिलो ब्याटिङ गरेको जिम्बाब्वेका लागि सेन विलियम्सले ३१ रन बनाउँदा कप्तान क्रेइग एर्भिनले १९ रन बनाएका थिए। त्यस्तै वेस्ली म्याडेभरले १७ रन बनाउँदा रयान बुरले १० रन बनाएका थिए। त्यस्तै ब्राड एभन्सले पनि १९ रन बनाएका थिए। जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद वासिमले ४ विकेट लिँदा सादव खानले ३ विकेट हात पारेका थिए।

१ ३० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले सान मसुदले ४४ रन बनाउँदै टिमलाई जित उन्मुख बनाएपनि पछिल्लो क्रमले खराब प्रदर्शन गरेपछि पाकिस्तान दबाबमा परेको थियो। उसका लागि सदाव खानले १७ रन बनाउँदा मोहम्मद रिजवानले १४ रन बनाए। कप्तान बाबर अजाम ४ रनमा आउट भए। 

त्यस्तै इफ्तिखर अह्मेदले ५ रन बनाउँदा सादव खानले १७ रन बनाए। अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा जिम्बाब्वेका बलर ब्राड इभान्सले एक बल डट फाल्दै अन्तिम दुई बलमा दुई विकेट लिएपछि पाकिस्तान १ रनले पराजित भयो। अन्तिमा बलमा २ रनका लागि दौडिंदा पाकिस्तान १ रन मात्र जोड्न पुग्दा जिम्बाब्वेले रोमञ्चक जित निकाल्यो। 

पाकिस्तान पराजित भएसँगे शीर्ष चारको सम्भावना कमजोर बनेको छ। जिम्बाब्वे भने पहिलो जितले उत्साहित बनेको छ। पाकिस्तान यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको थियो। जिम्बाब्वेले दक्षिण अफ्रिकासँग वर्षाका कारण अंक बाँडेको थियो।

यसअघि बिहीबार नै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १०४ रनले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा भारतले नेदरल्याण्ड्सलाई ५६ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP