Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेत्रहीन टी–२० विश्वकप क्रिकेटको तयारीमा नेपाल

ललितपुर : अर्को महिना भारतमा हुने तेस्रो नेत्रहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टोली जुटेको छ।

छठलगत्तै टोलीले भक्तपुरको वीरेन्द्र आवासीय विद्यालयको मैदानमा अभ्यास खेल्ने तयारी गरेको नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ।

‘तिहार र छठका लागि खेलाडी घर गएका खेलाडी घरबाट फर्किए लगत्तै हामी अभ्यासमा जुट्नेछौँ’,संघका अध्यक्ष पवन घिमिरेले भने।

विश्वकप क्रिकेटका लागी केही दिन अघि मात्र नेपाली टोलीको घोषणा भइसकेको छ। आगामी मंसीर १८ गतेदेखी पुष २ गते सम्म भारतमा सञ्चालन हुने प्रतियोगिताका लागि खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरीएको संघले जनाएको छ।

गत कात्तिक २ र ३ गते काठमाडौँमा सम्पन्न छनोट प्रतियोगिताबाट १५ सदस्यीय खेलाडी छनोट भएको संघका अध्यक्ष घिमिरेले जानकारी दिए।

उनका अनुसार वरिष्ठ क्रिकेट प्रशिक्षक अरुणकुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला सदस्य रहेको तीन सदस्यीय छनोट समितिले अन्तिम १५ खेलाडी छनोट गरिएको हो।

८ राष्ट्र सहभागी हुने विश्वकपको उद्घाटन खेल नयाँदिल्लीमा र समापन बैंग्लोरमा हुने संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए। विश्व नेत्रहीन क्रिकेट परिषद्का नेपालसहित पूर्णकालीन १० सदस्यले सहभागिता जनाउने अवसर पाउने छन्।

भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, वेष्ट इण्डिज, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अष्ट्रेलिया सहभागी हुनेछन्। यद्यपि यो संस्करणमा खेल्ने देशको टुंगो लागिसकेको छैन। श्रीलंका र दक्षिण अफ्रिकाले खेल्ने या नखेल्ने टुङ्गो नलागेका कारण अहिलेसम्म नेपाल, भारत, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश लगायत आठ राष्ट्र  सहभागी हुने पक्का भएको संघका कोषाध्यक्ष श्रेष्ठले बताए। 

आर्थिक सहयोगका लागि अपिल 

नेपाली नेत्रहीन क्रिकेट खेलाडीको विश्वकप सहभागिताका लागि आर्थिक अभाव रहेकोले संघले सहयोगका लागि समेत आग्रह गरेको छ।  विश्वकपमा आयोजक भारतले खान बस्ने मात्र व्यवस्था गरेको छ। ‘प्रतियोगिता स्थल जाने र फर्किएर आउने सहित खर्चका लागि हामी सहयोगका लागि आह्वान गछौँ’, संघका कोषाध्यक्ष श्रेष्ठले भने।

अघिल्ला संस्करणमा नेपालको अवस्था 
यसअघि भएका दुवै संस्करणमा नेपाल सहभागी भइसकेको छ। भारतमा सम्पन्न पहिलो संस्करणमा नेपाल सहभागीमै समिति बनेको थियो। १० टोली सहभागी प्रतियोगितामा नेपालले कुनै जित हासिल गर्न सकेन।

पाकिस्तान र दुबईमा भएको दोस्रो संस्करणमा आएर भने नेपालले आफ्नो वरियतामा सुधार गर्‍यो। १० टोली सहभागी यो संस्करणको विश्वकपमा नेपालले दुईवटा देशलाई हरायो। सातौँ वरियतामा उक्लिएको नेपालले बंगलादेश र अष्ट्रेलियालाई हराउन सफल भयो।  ‘हाम्रो पहिलो सहभागीता केवल सहभागितामै सिमित बनेको थियो’, कोषाध्यक्ष श्रेष्ठले भने, ‘दोस्रो संस्करणमा हामीले बंगलादेश र अष्ट्रेलियालाई हराएर साता वरियतामा आयौँ।’

यो संस्करणमा पहिलेका कमजोरी सुधार्दै अघि बढ्ने संघका अध्यक्ष घिमिरेले बताए। 

बी–१ खेलाडीहरुको समूह

१. सागर लामा

२. सुनिल सुबेदी

३. हिम बहादुर खत्री

४. भरत चौलागाईं

५. राधेश्याम चौधरी

बी–२ खेलाडीहरुको समूह

१. सन्त पहरी

२. खिमानन्द गैरे

३. युवराज भण्डारी

४. सुनिल राना मगर

५. प्रेम क्षेत्री

बी–३ खेलाडीको समूह

१. खेमराज सापकोटा

२. सुरेन्द्रकुमार तामाङ

३. नरेश चौधरी

४. सागर चेपाङ

५. शंकर रेग्मी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP