Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी-२० विश्वकप : फ्लिप्सको शतकमा न्युजिल्यान्ड अपराजित

सिड्नी : ग्लेन फ्लिप्सले शानदार शतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले टी-२० विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। प्रतियोगितामा समूह १ मा शीर्ष स्थान कायम राख्ने क्रममा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गर्‍यो।

 शनिबार सिड्नीमा भएको खेलमा न्युजिल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्दै १६७ रनको मध्यम स्कोर तयार गरेको थियो। जवाफमा श्रीलंका १०२ रनमा समेटिएपछि न्युजिल्यान्डले फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनायो। जितपछि न्युजिल्यान्डको तीन खेलबाट ५ अंक भएको छ।

 खराब अवस्थाबाट माथि उठाउने क्रममा न्युजिल्यान्डका लागि विकेटकिपर ब्याट्सम्यान ग्लेनन फिलिप्सले शतकीय इनिङ खेलेका थिए। फिलिप्सले ६४ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक १०४ रन बनाउँदा ड्यारियल मिचेलले २२ रन बनाए। त्यस्तै मिचेल स्यान्टनर ११ रनमा नटआउट रहे। फिलिप्सले ६१ बलमा शतक पूरा गरेका थिए। उनले विश्वकपमा पहिलो र टी-२० अन्तरराष्ट्रियमा दोस्रो शतक प्रहार गरे।

खराब शुरुवात गरेको न्युजिल्यान्ड ४ ओभरमा १५ रन जोड्दा ३ विकेट गुमाउन पुगेको थियो तर चौथो विकेटका लागि फिलिप्स र ड्यारियल मिचेलले ८४ रनको साझेदारी गर्दै टोलीको संकट टारेका थिए। श्रीलंकाका कासुन रजिथाले २ विकेट लिँदा महेश थिक्सना, धनन्जय डि सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराले एक-एक विकेट लिएका थिए।

 १६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.२ ओभरमा १०२ रनमा अलआउट भयो। ८ रन जोड्दा ४ विकेट गुमाएको श्रीलंकाका लागि दुई खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाएका थिए। उसका लागि कप्तान दासुन शनाकाले सर्वाधिक ३५ रन बनाउँदा भानुका राजापाक्षले ३४ थप दोहोरो स्कोर बनाए। अरू कुनै पनि ब्याटरले दोहोरो स्कोर बनाउन सकेनन्। श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा ट्रेन्ट बोल्टले ४ विकेट लिँदा मिचेल स्यान्टनर र इश सोधीले समान २ विकेट हात पारेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP