Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी-२० विश्वकप : नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको पहिलो जित

एजेन्सी । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ। सेमिफाइनल सम्भावना कायमै राख्न जित्नैपर्ने खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो।

पर्थमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले २७ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए। त्यस्तै कप्तान स्कर्ट एडवार्ड्सले २० बलमा १ चौकासहित १५ रन बनाउँदा अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्। तीव्र गतिका बलर हरिस रौफको बलमा आँखा मुनिको भागमा चोट लागेपछि बास डि लिड ६ रनमा रिटायर्ड हर्ट भएका थिए।

उनको स्थानमा नेदरल्यान्ड्सले लोगन भान विकलाई खेलाएको थियो। विक ६ रन बनाएर पेभिलियन फर्किए। ओपनर स्टेफन माइबर्ग ६, म्याक्स ओडाउड ८, टम कपुर १, रोलेफ भान मर्वे र टिम प्रिंन्गलले ५-५ रन बनाए। पाकिस्तानका स्पिनर शादब खानले ३ विकेट लिँदा मोहम्मद वासिम जुनियरले २ विकेट हात पारे। त्यस्तै शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहले समान एक-एक विकेट हात पारे।

९२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले उक्त लक्ष्य ३७ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाउँदा फखर जमानले २० तथा सन मसुदले १२ रन बनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP