Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रिमियर लिग : नटिङ्घम फरेस्टलाई ५–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नटिङ्घम फरेस्टलाई ५–० गोल अन्तरले हराएको छ ।

गए राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई फराकिलो अन्तरले हराउँदै अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग दुई अङ्कको अङ्क दूरी बढाउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा रहेको आर्सनलको ३१ अङ्क भएको छ ।

म्यानचेस्टर सिटीको २९ अङ्क छ । आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे भने गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक-एक गोल गरे । नटिङ्घम फरेस्ट ९ अङ्क जोडेर पुछारमा रहेको छ।

यस्तै, गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई १–०  गोल अन्तरले हराएको हो । १२ खेलमा २३ अङ्क भएको म्यानचेस्टर युनाइटेड तालिकाको पाँचौँ स्थानमा छ । वेस्टह्याम १३औँ स्थानमा छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP