Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानमन्त्री कप : प्रदेश १ को पहिलो जितमा अंकितको शतक

काठमाडौँ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मंगलबार भएका खेलमा प्रदेश १ र एपीएफले जित हासिल गरेका छन्।

मूलपानी मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकाल्दा त्रिवि मैदान कीर्तिपुरमा भने प्रदेश १ ले बागमतीलाई ६९ रनले हरायो।

टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले ४९.५ ओभरमा अलआउट हुँदै ३०४ रनको विशाल स्कोर तयार गरेको थियो। प्रदेश १ का लागि ओपनर अंकित सुवेदीले १३४ बलमा १२ चौका र १ छक्काको सहयोगमा ११० रनको सानदार शतकीय इनिङ खेले।

त्यसैगरी कप्तान सिद्धान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेल्दा विवेकआनन्द मेहताले ३० रन बनाएका थिए। त्यस्तै सोनु अनसारीले १९ रनको योगदान दिएका थिए। बागमतीका लागि रामनरेश गिरीले ५ विकेट लिएका थिए।

३०५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बागमती ४५.५ ओभरमा २३५ रनमा अलआउट भयो। उसका लागि नन्दन यादवले सर्वाधिक ४३ रन बनाए। त्यस्तै ईशान पाण्डेले ३५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २७ रन बनाए। त्यस्तै प्रतिश जिसीले १२ रन जोड्दा दुर्गेश थापाले २६ रन बनाएका थिए। रामनरेश गिरी २८ रनमा नटआउट रहे।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा विभागीय टीली एपिएफले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको  लगातार दोस्रो जित हासिल गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले २४ रन बनाउनु एकमात्र दोहोरो स्कोरका रूपमा रह्यो। उनी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन नसक्दा सुदूरपश्चिम ६७ रनमा समेटिएको थियो।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका भुवन कार्कीले ४ विकेट हासिल गरे। कमल ऐरी र मौसम ढकालले समान २-२ विकेट लिए। त्यस्तै किशोर महतो र अमर रौटेलाले समान १-१ विकेट लिएका थिए।

६९ रनको लक्ष्य पछ्याएको एपीएफले कुनै विकेट नगुमाई ११ ओभर २ बलमा लक्ष्य पूरा गर्‍यो। उसका लागि प्रदीप ऐरीले २५ रन बनाउँदा आसिफ शेखले ४२ रनको नटआउट इनिङ खेलेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP