Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । मङ्गलवारदेखि बङ्लादेशको ढाकामा सुरु भएको प्रतियोगितामा नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो । खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

मङ्गलवार भएको उद्घाटन खेलमा आयोजक बङ्लादेशले भुटानलाई ८–० गोलले हराउँदै विजयी सुरुवात गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि टोली पूर्ण रुपमा तयार रहेको बताएकी छन् । टोली भुटानसँगको खेल जित्नका लागि उत्साहित रहेको उनको भनाइ छ ।

च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिवार ढाका पुगेको थियो । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसहित नेपाल र भुटान गरी ३ देश सहभागी छन् । नेपालले पर्सि १९ गते आयोजक बङ्लादेशसँग खेल्नेछ । त्यसपछि नेपालले कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बङ्लादेशसँग खेल्नेछ ।

डबल राउन्ड रोबिनपछि शीर्षस्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP