
काठमाडौं : अष्ट्रेलियाको भइरहेको आइसिसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३३ रनले पराजित गरी सेमिफानल पुग्ने सम्भावना बलियो बनाएको छ।
सिड्नीमा बिहीबार वर्षाले प्रभावित खेलमा पाकिस्तानले डकवर्थ-लुइस (डिएल) पद्दतिका आधारमा प्रोटिज (दक्षिण अफ्रिका)लाई ३३ रनले पराजित गरेको हो।
पाकिस्तानले पहिले ब्याटिङ गर्दै जितका लागि दिएको १ सय ४२ रनको लक्ष्यसहित दोस्रो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले घटाएर तोकिएको १४ ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन मात्र बनाएपछि पराजित भएको हो।
दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल १४ ओभरमा घटाइएको थियो। डिएलको आधारमा दक्षिण अफ्रिकालाई जितका लागि नयाँ लक्ष्य दिइएको थियो।
दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले ३६ रन जोडे भने एडिन मार्क्रमले २०, ट्रिस्टान स्टब्सले १८ र हेनरिख क्लासेनले १५ रन बनाए।
पाकिस्तानका शाहीन साह अफ्रिदीले ३ र सादाब खानले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो। पाकिस्तानका लागि सादाब खानले ५२ तथा इफ्तिखार अहमदले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। मोहमद नवाज र मोहमद हरिसले २८/२८ रन जोडेका थिए।
दक्षिण अफ्रिकाका एन्रिच नोर्केलले ४ विकेट लिए।
आजको जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ। समूह २ मा पाकिस्तानले ४ खेलमा ४ अंक जोडेर समूहको तेस्रो स्थानमा उक्लिएको छ।
दक्षिण अफ्रिकाले भने ४ खेल खेलेर ५ अंक जोडेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया