Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : पाँचौं संस्करणको ‘कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ मंसिर दोस्रो साता आयोजना हुने भएको छ । 

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा हुने प्रतियोगिता मंसिर ९ गते आयोजना हुने आर्मीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। 

२०७१ सालबाट आयोजना हुँदै आएको प्रतियोगिता अन्तर्गत यस संस्करण धादिङको बैरेनीबाट शुरु भई दरौंदीसम्म रहेको छ। सहभागिताका लागि थुप्रै टोलीले आवेदन दिए पनि प्रतियोगितामा २५ टोलीलाई सहभागी गराउने आयोजकको भनाइ छ। 

सहभागिताका लागि मंसिर ३ गतेसम्म आवेदन भर्ने समय सीमा भएको सोही दिन अन्तिम नामावली प्रकाशन गरिने आयोजकले  पत्रकार सम्मेलनमा जानकारी दियो।

सहभागिताका लागि आर्मीले शुरुवातमा छनोट प्रक्रिया पूरा गरेपछि मात्र आवेदन लिने बताएको छ। प्रतियोगितमा नेपाल बाहेक भारत, पाकिस्तान, श्रीलंका, इङ्ल्याण्ड, बंगलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायले सहभागिता जनाउँदै छन्। 

विदेशबाट सहभागी हुने टोलीले आर्मीले व्यवस्थापन गर्नेछ। खुला प्रतिष्पधा हुने विधामा हरेक टोलीमा चार खेलाडी हुनुपर्ने प्राबधान यस संस्करणमा निरन्तरता दिइएको छ। 

सहभागी टिमले तीन चरणमा गरी ४३.७ किमी  दूरी पार गर्नुपर्नेछ। जसअन्तर्गत ६.७ किमी दौड, २६ किमी साइकिलिङ र ११ किमी ¥याफ्टीङ रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो। सहभागि टोलीका सबै सदस्यले दूरी पार गरेको अवस्थामा मात्र विजयी घोषणा गरिनेछ। 

एक दिने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित च्याम्यिन ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ५० हजार, तेस्रोले १ लाख, चौथोले २० हजार र पाँचौले १० रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP