काठमाडौं : ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज  इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्।  

समूह १ को अन्तिम खेलमा आज इंग्ल्याण्डले श्रीलङ्कालाई जित्नै पर्ने दबाब छ। नजिते इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिनेछ।

श्रीलङ्का भने यसअघि नै सेमिफाइनलको दौडबाटै बाहिरिसकेको छ।  श्रीलङ्काले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ। श्रीलंकाले जिते उसको ६ अङ्क मात्र हुनेछ जुन सेमिफाइनल पुग्न पर्याप्त छैन। 

 इंग्ल्याण्डले आयरल्यान्डसँग १ खेलमा मात्र हार बेहोरेको छ। यदि उसले खेल जित्यो भने उसको अस्ट्रेलियासँग समान ७ अङ्क हुनेछ। उच्च नेट रन रेटका कारण अस्ट्रेलियालाई पछिपार्दै इंग्ल्याण्ड दोस्रो स्थानमा आउनेछ।

अस्ट्रेलिया र न्यूजिल्याण्डको अहिलेसम्म ७ अङ्क छ भने इंग्ल्याण्डको ५ अङ्क छ। इंग्ल्याण्डको नेट रन रेट न्यूजिल्याण्डभन्दा कम छ तर अस्ट्रेलियाको भन्दा राम्रो छ।

यस अवस्थामा इंग्ल्याण्डले श्रीलङ्कालाई हराए सेमिफाइनलको यात्रा पक्का हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP