इङल्यान्डको जितसँगै अष्ट्रेलिया टी–२० विश्कप क्रिकेटबाट बाहिरिएको छ। आज भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इङल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ भने श्रीलंकाको हारसँगै आयोजक अष्ट्रेलियाको सेमिफाइनल यात्रामा पूर्णविराम लागेको हो।

जितका लागि १४२ रनको लक्ष्य पछ्याएको इङल्याण्डले २ बल अगावै ६ विकेटको क्षतिमा लक्ष्य भेटायो। इङल्याण्डका लागि एलेक्स हेल्सले सर्वाधिक ४७ तथा बेन स्टोक्सले २८ रनको योगदान गर्दा जस बट्लरले २८ रन जोडे। त्यसअघि सिड्नीमा टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनायो। श्रीलंकाका पथुम निसानकाले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै भानुका राजापाक्षले २२ तथा कुसल मेन्डिसले १८ रन जोडे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP