Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बंगलादेशको ढाकामा जारी यु-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आयोजक बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको हो।

बंगलादेशविरुद्ध प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली किशोरी टोलीले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा नेपालले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोलको खाता खोलेको थियो।

नेपालका लागि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी वर्षा ओलीले ८७ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

 यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ७-० ले पराजित गरेको थियो। बंगलादेशले पनि भुटानलाई ८-० ले पराजित गर्दै विजयी शुरुवात गरेको थियो। नेपालको फराकिलो जितमा वर्षाले ४ गोल गरेकी थिइन्।

जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालको दुई खेलबाट ६ अंक हुँदा बंगलादेशको तीन अंक रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश र भुटान सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा हुने खेलमा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP