फुलह्यामलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई हराएको छ । गएराति भएको खेलमा सिटीले फुलह्यामलाई २–१ गोलले हरायो ।

१० खेलाडीमा समेटिएको सिटीका लागि जुलियन अल्भारेज र हालान्डले गोल गरे । हालान्डले खेलको अन्तिममा पेनाल्टीमा गोल गरेपछि सिटी विजयी भयो । त्यस्तै फुलह्यामका लागि आन्द्रिएस परेराले पेनाल्टीमा गोल गरे । जितसँगै सिटी अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीको १३ खेलमा ३२ अङ्क छ ।

आर्सनलको १२ खेलमा ३१ अङ्क छ । गएराति भएका अरु खेलमा नटिङ्घम फरेस्ट र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् ।

त्यस्तैऽ ब्राइटनले उल्भ्सलाई ३–२ गोल, लिड्स युनाइटेडले बर्नमाउथलाई ४–३ गोल र लेस्टर सिटीले एभर्टनलाई २–० गोलले हरायो ।

आज आर्सनल र चेल्सी खेल्दैछन् । त्यस्तै, अरु खेलमा एस्टन भिल्ला र म्यानचेस्टर युनाइटेड, साउथह्याम्पटन र न्युक्यासल, वेस्ट ह्याम र क्रिस्टल प्यालेस तथा टोटनह्याम र लिभरपुलबीच खेल हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP