काठमाडौँ : विभागीय टोली एपीएफले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट उपाधि जितेको छ। शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

विवादका कारण ४० ओभरमा छोट्याइएको खेलमा आर्मीले पहिलो ब्याटिङ गर्दै १७९ रनको स्कोर बनाएको थियो। जवाफमा एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउँदा जितेन्द्र मुखियाले २४ रन बनाए। त्यस्तै राजेश पुलामीले १८ रन बनाउँदा सुशान भारी १९ रनमा आउट भए। हरि चौहान १५ रनमा पेभिलियन फर्किदा विनोद भण्डारीले ११ रन बनाएका थिए।​

जवाफी इनिङ शुरु गरेको एपीएफका लागि भुवन कार्कीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै सुमित महर्जनले ३४ रन बनाउँदा प्रदीप ऐरीले २० रनको योगदान गरे। थप दोहोरो स्कोरका रूपमा सुदीप जोराले १७ रन बनाउँदा कप्तान शरद भेषवाकर १६ रनमा अविजित रहे।

आसिफ सेख १४ रनमा आउट भएका थिए। आर्मीका लागि जितेन्द्र मुखियाले २ विकेट लिँदा सोमपाल कामी, विक्रम सोव र हरि चौहानले समान १-१ विकेट लिएका थिए। जितसँगै एपीएफले नगद १० लाख हात पार्दा उपविजेता बनेको आर्मीले ५ लाख प्राप्त गर्न सफल रह्यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP