Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एजेन्सी । टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ।

अष्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउण्डमा आज भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टी–२० विश्वकपको उपाधि उचालेको हो।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

इंग्ल्यान्डको जितमा बेन स्टोकले अविजित रहँदै सर्वाधिक ५२ रनको योगदान गरे। कप्तान जोश बटलरले २६ र ह्यारी ब्रुकले २० रन जोडे। मोइन अलीले १९ रनको योगदान गर्दा फिल साल्टले १० रन जोडे।

पाकिस्तानका लागि ह्यारिस रउफले २ विकेट लिए भने शाहीन अफ्रिदी‚ मोहम्मद वसिम र सादाब खानले १/१ विकेट लिए। क्याच समात्दा अफ्रिदी घाइते भएकाले उनले २ ओभर १ बलमात्र बलिङ गर्न सके।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय  ३७ रनमात्र बनाएको थियो।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए भने कप्तान बाबर आजम ३२ रन बनाएर आउट भए। मोहम्मद रिजवानले १५ रन बनाए भने ​शादाब खानले २० रन बनाए।

पाकिस्तानको विकेट निरन्तर झरिरहँदा मोहम्मद ह्यारिसले ८ रन, मोहम्मद वासिमले ४ रन, मोहम्मद नवाजले ३ रनमात्र बनाउन सके। इफ्तिखार अहमद कुनै रन नबनाई शून्यमै आउट भए।

शाहिन शाह अफ्रिदी ५ रनमा अविजित रहे भने ह्यारिस रउफ १ रनमा अविजित रहेपछि पछि निर्धारित २० ओभरमा पाकिस्तानको स्कोर ८ विकेटको क्षतिमा १ सय ३७ रनमात्र रह्यो।

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए। घातक बलिङ गरेका उनले त्यसका लागि ४ ओभरमा १२ रनमात्र दिए। क्रिस जार्डन र आदील राशिदले २र२ विकेट लिए भने बेन स्टोक्सले १ विकेट लिए।

उपाधि जित्ने सुरमा मैदानमा उत्रिएका दुवै टोलीबीच आज कडा प्रतिस्पर्धा भए पनि पाकिस्तानको ब्याटिङ भने नचल्दा सामान्य स्कोरमै इंग्ल्याण्डलाई रोक्नुपर्ने दबाबमा परेको थियो। 

इंग्ल्यान्डले भारतलाई र पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP