Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठमाडौं : यो वर्ष सबैभन्दा बढी फिल्म प्रदर्शनमा आउने कलाकारमा अभिनेता सौगात मल्ल पर्छन्।

वैशाख १६ गते प्रदर्शनमा आएको ‘मन्त्र’ देखि कात्तिक १८ गते प्रदर्शनमा आएको ‘लाखे’ गरी पछिल्ला ७ महिनामा सौगातको अभिनय रहेका ७ फिल्म प्रदर्शनमा आएका छन्। तीमध्ये दुईवटा फिल्म मात्रै व्यावसायिक रुपमा सफल भएका छन्। 

‘मन्त्र’, ‘कबड्डी ४’, ‘घनचक्कर’, ‘माइकल अधिकारी’, ‘राधा’, ‘दुई नम्बरी’ र ‘लाखे’ क्रमशः वैशाख, जेठ, असार, भदौ, असोज र कात्तिकमा प्रदर्शन भएका फिल्म हुन्।

तीमध्ये सिनेमा हलमा ५१ दिन मनाएको, नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्न सफल फिल्म ‘कबड्डी’देखि हलमा एक हप्ता पनि टिक्न नसकेको ‘घनचक्कर’सम्म छन्। 

सौगातको अभिनयको सबैले तारिफ गर्ने गर्छन्। अभिनयकै कारण उनी अभिनीत फिल्म लगातार बक्स अफिसमा असफल रहँदा पनि उनलाई कामको कमी भने हुँदैन।

पछिल्लो ७ महिनामा व्यावसायिक रुपमा सफल भएका उनका दुईवटा फिल्म हुन्- ‘कबड्डी ४’ र ‘दुई नम्बरी’। जसमा सौगातसँगै अर्का अभिनेता दयाहाङ राईको पनि मुख्य भूमिका रहेको थियो।

व्यावसायिक सफलता पर्खिरहेका सौगातका लागि केही महिनामै दुईवटा फिल्मले राम्रो मुनाफा कमाउनु सुखद कुरा हो। तर, सौगातले एक्लै लिड गरेका कुनै पनि फिल्म व्यावसायिक रुपमा असफल हुनु भने सुखद होइन।

उनको आगामी एक्सन फिल्म ‘एक्स ९’ निर्माणको तयारीमा छ भने ‘कबड्डी’ कै पात्र बमकाजीकाे कथालाई निरन्तरता दिने गरी ‘मास्टर बमकाजी’ पनि निर्माण हुने बताइएकाे छ। जसकाे निर्देशन रामबाबु गुरुङले नै गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP