Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : नेपाल र पाकिस्तानबीच बुधबार मैत्रीपूर्ण फुटबल हुँदैछ। दशरथ रंगशालामा बजे नेपालले पाकिस्तानसँग खेल्न लागेको हो।

यो नेपालको ५०औँ अन्तर्राष्ट्रिय खेल पनि हुनेछ। राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका रोहित चन्दले पाकिस्तानलाई जित्न शतप्रतिशत प्रयास गर्ने बताए।

पाकिस्तानले ३ वर्षपछि अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेको हो। पाकिस्तान पछिल्लोपटक सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबल खेलेयता फिफाको प्रतिबन्धमा परेको थियो। 

पाकिस्तानी कप्तान हसन बसिरले पाकिस्तान एउटा दुःखद अवस्थाबाट गुज्रिएको भन्दै नेपालविरुद्ध पाकिस्तान टिम आफ्नो लय समाउने प्रयासमा हुने बताए।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेल भएको छ। पछिल्लोपटक नेपालले पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो। साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो।

पाकिस्तान बुधबार हुने खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। नेपाल पनि पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा आयोजना हुन लागेको ५० औं अन्तर्राष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्ने प्रयासमा हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP