मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलले हरायो

फिफा विश्व कप अघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई हराएको छ ।

गएराति भएको खेलमा घरेलु टोली यूएई ५–० गोलको फराकिलो अन्तरले पराजित भयो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे ।

 जुलियन अल्भारेज, लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एक/एक गोल गरे ।

अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो । दोस्रो हाफमा एक गोल थप्यो । कतार विश्व कप आउँदो आइतवारदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP