Trending
अन्तर्राष्ट्रिय चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या समाज एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा समाज नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता राजनीति काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री स्वास्थ्य उपत्यकामा पुनः कोभिड संक्रमण, आइसीयूमा उपचार गराउँदै संक्रमित

कतार विश्व कप फुटबलको तयारी अन्तिम चरणमा : रङ्गशालाभित्र जाँडरक्सी प्रतिबन्ध

काठमाण्डाै –  कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्व कप भोलिदेखि सुरु हुँदैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ ।

यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् । कतारले निर्माण गरेका ८ वटा रङ्गशालामा खेल हुनेछन् । फिफाले खेल हुने ८ वटा रङ्गशालामा जाँडरक्सीको बेचविखन नहुने जनाएको छ । तर रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले जाँडरक्सी किन्न सक्नेछन् ।

फिफा र आयोजक देश कतारबीच प्रतियोगिता चलिरहँदा रङ्गशाला वरिपरि बियर बेच्ने कि नबेच्ने विषयमा छलफल हुँदै आएको थियो । अब इजाजत प्राप्त ठाउँमा मात्र जाँड रक्सी बेच्न पाइनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल नेपाली समय अनुसार भोलि राति पौने १० बजे सुरु हुनेछ । फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएकोमा कतारको गर्मीका कारण विश्व कप नोभेम्बर–डिसेम्बरलाई सारिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP