Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

फिफा विश्व कप फुटबल : स्पेन र जर्मनीको बराबरी, क्रोएसियासँग क्यानडा पराजित

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । अल बेयत रङ्गशालामा गएराति भएको खेल १–१ को बराबरीमा सकियो । स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ६२औँ मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै अग्रता दिलाए ।

यस्तै, खेलको ८३औँ मिनेटमा जर्मनीका निकलस फुलक्रुगले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरी पछि समूह ‘ई’ मा रहेको स्पेन ४ अङ्कसहित शीर्ष स्थानमा छ भने जर्मनी ३ अङ्कसहित पुछारमा छ ।

यस्तै,  गएराति नै भएको समूह ‘ई’ कै अर्को खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

अहमद बिन अलि रङ्गशालामा भएकाे खेलको ८१ औँ  मिनेटमा कोस्टारिकाका फुलर स्पेन्सले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जित पछि ३ अङ्क जोडेको कोस्टारिका समूहको तेस्रो स्थानमा छ भने जापान समान ३ अङ्क भए पनि दोस्रो स्थानमा छ ।

यस्तै, समूह ‘एफ’ का खेलमा मोरक्को र क्रोएसिया विजयी भएका छन् । मोरक्कोले बेल्जियमलाई २ –० गोल अन्तरले पराजित गर्यो भने क्रोएसियाले क्यानडालाई ४ –१ गोल अन्तरले हराएको छ । जितपछि ४ अङ्क जोड्दै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ । अङ्कविहीन भएको क्यानडा पुछारमा छ  । ४ अङ्क नै जोडेको मोरक्को दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP