Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

फिफा विश्व कप फुटबल : स्पेन र जर्मनीको बराबरी, क्रोएसियासँग क्यानडा पराजित

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । अल बेयत रङ्गशालामा गएराति भएको खेल १–१ को बराबरीमा सकियो । स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ६२औँ मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै अग्रता दिलाए ।

यस्तै, खेलको ८३औँ मिनेटमा जर्मनीका निकलस फुलक्रुगले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरी पछि समूह ‘ई’ मा रहेको स्पेन ४ अङ्कसहित शीर्ष स्थानमा छ भने जर्मनी ३ अङ्कसहित पुछारमा छ ।

यस्तै,  गएराति नै भएको समूह ‘ई’ कै अर्को खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

अहमद बिन अलि रङ्गशालामा भएकाे खेलको ८१ औँ  मिनेटमा कोस्टारिकाका फुलर स्पेन्सले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जित पछि ३ अङ्क जोडेको कोस्टारिका समूहको तेस्रो स्थानमा छ भने जापान समान ३ अङ्क भए पनि दोस्रो स्थानमा छ ।

यस्तै, समूह ‘एफ’ का खेलमा मोरक्को र क्रोएसिया विजयी भएका छन् । मोरक्कोले बेल्जियमलाई २ –० गोल अन्तरले पराजित गर्यो भने क्रोएसियाले क्यानडालाई ४ –१ गोल अन्तरले हराएको छ । जितपछि ४ अङ्क जोड्दै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ । अङ्कविहीन भएको क्यानडा पुछारमा छ  । ४ अङ्क नै जोडेको मोरक्को दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP