एजेन्सी । विश्वकप फुटबल अन्तर्गत शुक्रबार पनि समूह चरणका चार खेल हुँदैछन्। समूह ‘एच’ र ‘जी’ का दुई–दुई खेलहुन लागेको हो।

समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

योसमूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ। अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना प्रबल छ।

पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा छ। घाना ३ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण कोरिया १ अंकसहित तेस्रो स्थानमा छ। उरुग्वे १ अंकसहित पुछारमा  छ।

समूह  ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्याण्ड तथा क्यामरुन र ब्राजिलबीचको खेल खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा छ।

स्विट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ। क्यामरुन १ अंक जोडेर तेस्रो स्थानमा छ। सर्बिया १ अंकसहित पुछारमा छ।

यो समूहबाट पनि तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP