
नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ ।
अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो । स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि अघि बढ्न सकेन ।
जापान ६ अङ्कसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । जर्मनी ४ अङ्क जोडे पनि गोल अन्तरमा स्पेनभन्दा पछि रह्यो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रह्यो । कोस्टारिका ३ अङ्ककासाथ चौथो हुँदै बाहिरियो । समूहमा पहिलो खेलको नतिजाले समीकरणमा निकै ठूलो भूमिका खेल्यो । जापानले पहिलो खेलमा जर्मनीलाई २–१ ले हराएको थियो । स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले पराजित गरेको थियो ।
गएराति भएको खेलमा अफ्रिकी देश मोरक्को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गरी मोरक्को समूह ‘एफ’ को विजेता बन्दै अन्तिम–१६ मा प्रवेश गरेको हो । मोरक्कोले क्यानडालाई २–१ गोलले हरायो । क्यानडाले आत्मघाती गोलको उपहार पाएको थियो ।
त्यस्तै अर्को खेलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूहको उपविजेता बन्दै अन्तिम–१६ मा प्रवेश गरेको हो । गोलरहित बराबरी खेलेपछि बेल्जियम बाहिरियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया