एजेन्सी । साविक विजेता फ्रान्स विश्वकप फुटबलको क्वार्टर फाइनल प्रवेश गरेको छ।

अन्तिम १६ अन्तर्गत गएराति कतारको ल थुमामा स्टेडियममा भएको खेलमा पोल्याण्डलाई ३–१ ले हराउँदै फ्रान्स अन्तिम आठमा पुगेको हो।

खेलमा फ्रान्सका लागि केलियन एमबाप्पेले दुई र ओलिभर जेरुडले एक गोल गरे। पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए।

खेलको ४४ औँ मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई एक गोलको अग्रता दिलाए। ७४ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता  दिलाए।

खेलको इन्जुरी समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए। इन्जुरी समयमै पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे।

फ्रान्ससँग पराजित भएसँग पोल्याण्ड विश्वकप फुटबलबाट बाहिरिएको छ। क्वार्टर फाइनलमा फ्रान्सले इंग्ल्याण्डसँग खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP