Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठमाडौं : स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको छ। 

नारायणगोपालको ३२औँ स्मृतिदिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो। 

सम्मान ग्रहण गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए। ‘नारायणगोपालको बारेमा धेरै कार्यक्रम हुन्छन् तर उहाँको गायन पक्षको बारेमा कसैले पनि अध्ययन अनुसन्धान गरेको देखिनँ’, उनले भने, ‘किन त्यत्ति धेरै मन पराइन्छ भन्ने खोजेको देखिनँ। आगामी दिनमा नारायणगोपालको बारेमा विस्तृत अध्ययन हुन जरुरी छ।’

वरिष्ठ संगीतकार प्रकाश गुरुङले धेरै कलाकारको संगत गरे पनि नारायणगोपालमा भएजस्तो कला नपाएको तर्क गरे। ‘मलाई अहिले सम्झिँदा पनि लाग्छ, नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुन्थ्यो, शरीरबाट नै आवाज निस्किन्थ्यो’, उनले भने, ‘मैले अहिलेसम्म त्यस्तो गायकगायिका भेटेको छैन।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP