
काठमाडौं :आईसीसी विश्वकप लिग–२अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि नामिबिया भ्रमणमा रहेको नेपालले बुधबार तेस्रो खेल खेल्दैछ।
नेपालले युनाइटेड क्रिकेट मैदानमा दिउँसो १ः४५ मा नामिबियाको सामना गर्न लागेको हो
यो श्रृंखलामा नेपाल, नामिबियासहित स्कटल्याण्डको सहभागिता छ। यो श्रृंखलाको पहिलो खेल वर्षाका कारण बिथोलिँदा नेपाल र नामिबियाले अंक बाँडेका थिए।
दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाँडेको छ। नामिबियाले तीन खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाँडेको छ ।
सात टोली सहभागी विश्वकप लिग–२ मा नेपाल २२ खेलमा १८ अंकसहित छैटौँ स्थानमा छ। नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया