काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल,  मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद्को  बैठकले  आयातमा  लाग्दै  आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको   संयोजकत्वमा गठित समितिले  आयातमा बन्देज  खुलाउन  सिफारिस  गरेको  थियो।  त्यसैको आधारमा मन्त्रिपरिषद्को बैठकले आयात खुला गर्ने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले गत वैशाख १३ गते १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा  छ  प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी चार प्रकारका  वस्तुको  आयात  प्रतिबन्धलाई  निरन्तरता दिइएको थियो।  आयात प्रतिबन्धको अवधि यही मंसिर २९ गतेसम्म थियो।

प्रतिबन्ध खुला भएसँगै  पुस १ गतेदेखि  सबै  प्रकारका  विदेशी  तयारी  मदिरा र  तीन  सय  डलरमाथिका  मोबाइल फोन, चारपाङ्ग्रे  सवारीसाधन,  १५०  सीसीमाथिका  मोटरसाइकल,   आयात गर्न पाइनेछ । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशन भएसँगैआयात प्रतिबन्ध फुकुवा हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP