
इलाम : एसिया रग्बी यू–१८ सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने दुईदिवसीय प्रतियोगिताको पुरुषमा आठ र महिलातर्फ पाँच टिमको सहभागिता रहने पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको छ। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।
पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्याण्ड, यूएई, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्। महिलामा नेपाल, भारत, युएइ, मलेसिया र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा खेल्नेछन्। शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने महासचिव चेतनराज गिरीले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवर्धन र अर्थतन्त्र वृद्धिमा टेवा पुर्याउन पनि महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे । रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराए।
उनका अनुसार बाँकी रकम एसिया रग्बीले व्यहार्ने छ। नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समीर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गरे । सोही अवसरमा नेपाली टोलीका खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ।
पुरुषतर्फ– रोहन डंगोल (कप्तान), मनीष हिङमांग (उप कप्तान), विकास कार्की, मोशेष सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नवीनबहादुर मगर, विरास रेग्मी, सन्दिपकुमार राई, एएमपी चौधरी, अवी राई र प्रसेश पनेरु
महिलातर्फ : मनीषा घिसिङ (कप्तान), सुजा राई (उप कप्तान), विदिशा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बलम्पाकी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया