Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

विराटनगर : राष्ट्रपति विद्यादेवी भण्डारीले विराट एक्स्पोले राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन मद्दत पुर्‍याउने बताएकी छिन्।

विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको ‘विराट एक्स्पो २०७९’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आज (बिहीवार) तीन वर्षदेखि कोभिड महामारीका कारण शिथिल आर्थिक गतिविधिलाई समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पुर्‍याउने बताइन्।

राष्ट्रपतिले औद्योगिक प्रदर्शनीले उत्पादक र उभोक्ताबीच अन्तरसम्बन्ध स्थापित गर्नुका साथै बजार र उत्पादनको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन्।

‘यो एक्स्पोबाट औद्योगिक उत्पादनको खरिदविक्री मात्रै नभई उद्योगी व्यवसायीबीच अनुभव र सिकाइका आदानप्रदान हुने भन्ने मैले विश्वास लिएकी छु’, ‘उनले भनिन्, ‘नेपालसहित छिमेकी मुलुकहरू एक्स्पोमा सहभागी भई उद्यमीहरूबीच पारस्पारिक सम्पर्क विस्तार भई कृषि तथा औद्योगिक उत्पादन नयाँ सम्भावना खोजी गर्ने मद्दत पुग्नेछ।’

एक्स्पोका माध्यमबाट प्रदेश १ का पर्यटकीय गन्तव्य कृषि हस्तकला औद्योगिक उत्पादकहरूको प्रवर्धनमा समेत विशेष टेवा पुग्नेमा जोड दिँदै उनले नेपालको इतिहासमा विराटनगरका उद्योगीले मुलुकको सामाजिक क्षेत्रमा गरेको योगदान सधैँ प्रशंसाको विषय रहने बताइन्।

विराटनगरले पछिल्लो वर्ष आफ्नो पहिचान कायम राख्न संघर्ष गरिरहेको बताउँदै उनले विराटनगरको मौलिक पहिचान र संरचना निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाइन्।

विराटनगरको नयाँ गौरव स्थापना गर्नेमा सधैँ साथ रहने प्रतिबद्धता जनाउँदै उनले विराटनगरले आर्थिक एवम् औद्योगिक विकासमा ठूलो सम्भावना बोकेको बताइन्।

यसैगरी प्रदेश १ प्रमुख पर्शुराम खापुङले एक्स्पोले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताएका छन्। उनले उद्योग संगठन मोरङले रचनात्मक कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे।

यसैगरी मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको सक्रियता अर्थपूर्ण रहेको बताएका छन्। मुख्यमन्त्री राईले राज्यले सबै कुरा गर्नुपर्छ भन्ने मान्यता अन्त्य भएको बताए। प्रदेश १ विकासको सम्भावनामा एक नम्बरमा रहेको बताउँदै उनले प्रकृति र संस्कृतिको हिसाबले पनि एक नम्बर रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP