Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अतिरिक्त समयको अन्तिम मिनेट ‘वान भर्सेस वान’मा गोल गर्न फ्रान्स चुक्यो। फ्रान्स चुकेनमात्र मेसीले आफू सर्वकालीन महान खेलाडी भएको एक हिसाबले प्रमाणित नै गरे। अर्थात विश्वकप फुटबलको फाइनलको निर्णय पेनाल्टी सुटआउटमा ४-२ ले आफ्नो पक्षमा पारेसँगै मेसीले यो युगमा आफ्नो सर्वकालीन महान खेलाडीको छवि उजिल्याएका छन्। 

विश्व फुटबलमा वर्तमान पुस्ता सधैँ एउटा बहसमा अल्झियो। अर्थात हाम्रो पुस्ताले लियोनेल मेसी र क्रिश्चियानो रोनाल्डोको जादु देख्यो। क्रिस्चियानो रोनाल्डो र मेसीले पछिल्लो डेढ दशकमा विश्व फुटबलमा जित्न बाँकी केही पनि छैन। क्लब करिअरमा सधैँ दुवैले आफूलाई चर्चामा राखे।

राष्ट्रिय टोलीका लागि भने कमजोर प्रदर्शन गर्दै आएको आलोचना दुवैले खेपे तर करिअरको उत्तरार्द्धमा आइपुगेका र दुबैले देशका लागि उपाधि जिते। करिअरको उत्तरार्द्धमा राष्ट्रिय टोलीमा पर्न सफल रहे। रोनाल्डोले सन् २०१६ मा युरो जितेपछि सर्वोत्कृष्ट खेलाडी आफू नै रहेको दबदबा बनाए। 

मेसी भने लगातार निरासमात्र बनिरहेका थिए। सन् २००७ मा उनी टिमका सदस्य हुँदा अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनल खेलेको थियो। तर ब्राजिलसँग पराजित भयो।

मेसीको उम्दा समय भने उत्कृष्टताका बाबजुद निराशाजनक रह्यो। सन् २०१५ र सन् २०१६ मा लगातार दुई संस्करणको कोपा फाइनलमा उपाधि गुमाए। साथै त्यसअघि उनले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग उपाधि गुमाए। साँच्चिकै मेसीले उक्त समयमा लगातार गुमाए मात्र। अनि सधैँ निराशा र आलोचनाको घेरामा रहे। 

मेसी असफल भइरहँदा रोनाल्डोले युरोकप जित्दै आफू मेसीभन्दा अब्बल रहेको सन्देश दिए। रोनाल्डोसँग युरो विजेताको ट्याग हुँदा मेसीसँग राष्ट्रिय टोलीबाट जितेको कुनै उपाधि थिएन। कतै कुनामा मेसीभन्दा रोनाल्डो सफल भएको आभास पाएर मेसीका समर्थक निराश हुन्थे। 

यहीबीच मेसीले सन् २०२१ मा आफ्नो उपाधि नजितेको खराब रेकर्ड मेटाए। उनले देशका लागि कोपा अमेरिकाको उपाधि जित्दै आफ्नो आलोचना केही भए पनि मत्थर पारे। उनले कोपा जितेसँगै फेरि मेसी र रोनाल्डोमध्ये को ‘सर्वकालीन महान’ बन्ने होडबाजी सतहमा आयो। तर कतार विश्वकपले यो प्रश्नको जवाफ दिएको छ। मेसी वर्तमान पुस्ताका ‘सर्वकालीन महान’ खेलाडी भएको कतार विश्वकपले देखाएको छ। विश्वकप ट्रफी उचालेसँगै अब उनले जित्न बाँकी कुनै उपाधि रहेन। 

मेसीले विश्वकपमा अनेक रेकर्ड आफ्नो नाममा लेखाए। साथै फुटबलका लागि बनाएका सबै खाले उपाधि उनले जिते। करिअरको उत्तरार्द्धमा देशका लागि सबैभन्दा धेरै गोल मात्र गरेनन्‚ ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जिताए। यो यात्रामा उनले ७ गोल गरे। केलिएन एम्बाप्पेले १ गोल बढी गर्दै गोल्डेन बुट जिते। 

विश्वकपमा मेसी ७ मध्ये ५ खेलमा म्यान अफ द म्याच बने। सबै चरणमा गोल गर्ने एक्लो खेलाडी बने। अनि गोल्डन बल दुई पटक जित्ने पहिलो खेलाडी बन्दा विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीसमेत बने। अन्य धेरै रेकर्डसँगै उनी वर्तमान पुस्तामा पेले र म्यारोडोनापछि अब भावी पुस्ताका लागि लियोनेल मेसीको रुपमा सर्वकालीन महान खेलाडी भएर बाँच्ने छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP