फ्रान्सका खेलाडी करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डाै – फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् ।

फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्बन्ध सुमधुर नभएको टिप्पणी हुँदै आएको थियो । त्यसअघि ब्ल्याकमेलिङ काण्डमा फसेपछि बेन्जिमा सन् २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा रहेका थिए ।

बेन्जिमाले फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका खेलाडीको गोलकर्ता सूचीमा पाँचौँ स्थानमा रहेका छन् । उनी सन् २००६ मा फ्रान्सको टोलीबाट डेभ्यु गरेका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP