Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सले विजयी शुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले शनिबार पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो।

काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो। पोखराको लागि उपल थरङ्गाले सर्वाधिक ४४ रनको योगदान दिए। अमिर हमाज र अभिमन्यु मिथुनले १८/१८ रन बनाए।

काठमाडौंका लागि अविनाश बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो। काठमाडौंका लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले। उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए। सुनाम गौतमले २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा पवेलियन फर्किए।

पोखराका लागि प्रतिस जिसी र जाहिर खानले २/२ विकेट लिए। मौसम ढकालले १ विकेट हात पारे।

लुम्बिनी अल स्टार्स विजयी

आजै कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको छ।

लुम्बिनीको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे। उनले ८ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ३५, गुलशान झाले २५ र विपुल शर्माले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

फार वेस्टर्नका लागि उमर अली र करण केसीले ३/३ विकेट लिए।

बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। उनले २ ओभर २ बलमा ६ रन मात्र खर्चिएर ३ विकेट लिए। सागर ढकालले २, पेट ब्रोन, किशोर महतो, गुलशान झा र विपुल शर्माले चारैजनाले १/१ विकेट लिए।

फार वेस्ट युनाइटेडले भने १६ ओभर २ बलमा मात्र ८५ रन बनाउन सक्यो। फार वेस्टर्नको तर्फबाट हसमतउल्लाह साहिदीले ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख नगद पुरस्कार पाउनेछ। तेस्रो हुनेले १० लाख र चौथोले ५ लाख नगद पाउनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP