Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शिवराजको भवन निर्माण कार्य रोक्का गर्न अदालतको आदेश


सनिउल्ला धोबी

कपिलवस्तु भद्रा १६।
शिवराज नगरपालिकाको भवन निर्माण कार्य रोक्का गर्न जिल्ला अदालत कपिलवस्तुले आदेश दिएको छ । शिवराज नगरपालिकाको निमार्णधिन भवन गैरकानुनी रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागेको भन्दै मुद्धा दयार गरीएको थियो ।


अदालतले शिवराज नगरपालिका वडा न ५ रहटकोल क्षेत्रमा रहेको वगौचा क्षेत्रमा कुनै पनि संरचना निर्माण नगर्न आदेश दिएको हो । साविक विरपुर ९ क कित्ता नं ५८ को जग्गा क्षेत्रफल ०—१५—१५, र कित्ता नं ५२ को जग्गा ०—२—२ को जग्गमा कुनैपनि किसीमको सरंचना निर्माण कार्य गर्न नपाउने आदेश दिएको हो । साथै यथास्थितीमा रहने गरी मुलुकी देवानी कार्यविधी सहिता २०७४ को दफा १५६ बमोजिम रोक्का गर्न आदेश दिएको छ । आदालतले सो जग्गाको विषयमा आदालतमा जानकारी पठाउन समेत अनुरोध गरेको छ ।


शिवराज नगरपालिका वडा नं ५ रहटकोल क्षेत्रमा रहेको वगौचालाई नष्ट गरी भवन बनाउन लागेको भन्दै शिवराजका स्थानिय हरि प्रसाद पोख्रेल, कृष्ण कुमार चौधरी, मो तोफिक खा, मोहिताव खान, र रविदत्त मिश्रले नगरपालिकालाई विपक्षी बनाई मुद्धा दायर गरेका थिए ।
अदालतले शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, शिवराज नगरपालिका मेयर र निमार्ण कम्पनी कैलाश एण्ड कम्पनी प्राली नाममा निर्माण कार्य रोक्का गर्न र सो को जानकारी पठाउन आदेश दिएको हो ।


स्थानियहरुले निशुल्क जग्गा दिदादिदै पनि गैरकानुनी रुपमा भवनको लागी टेण्डर गर्नु गलत भएको स्थानिय हरि पोख्रेलले वताए । शिवराज नगरपालिकामा विभिन्न समयमा निशुल्क जग्गा उपलव्ध गराउने भन्दै ज्ञापन पत्र वुझाउदा पनि कुनै वास्ता नगरी आफ्नो मनोमानी गरेको आरोप लगाएका छन ।


नगरपालिकाले आफ्नो भवन नभएकोले उक्त क्षेत्रमा भवन निमार्ण गर्न डि पि आर को काम सम्पन्न भएको छ भने ठेक्का कैलाश एण्ड कम्पनी प्राली सग सम्झौता भइसकेको छ । शिवराज नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार १० करोड ४५ लाखमा उक्त भवन वन्न लागेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP