नेपाल टी-२० : सुपर ओभरमा फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी

काठमाडौं : नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ। प्रतियोगितामा लगातार चौथो जित निकाल्ने क्रममा लुम्बिनीले फार वेस्टर्न युनाइटेडलाई सुपर ओभरमा पराजित गर्दै लगातार जितको श्रृंखला जारी राखेको हो। 

डबल राउन्ड रोविनका आधारमा जारी खेलमा दोस्रो पटक फार वेस्टर्न युनाइटेडविरुद्ध भिडेको लुम्बिनीले सुपर ओभरमा खेल आफ्नो पक्षमा पारेको हो। फार वेस्टर्न भने दोस्रो पटक पराजित हुन पुग्यो।

टियू मैदान कीर्तिपुरमा भएको खेलमा फार वेस्टर्नले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रनमा नै समेटिएपछि खेल बराबर भएको थियो। तर सुपर ओभरमा लुम्बिनी अल स्टार्सले बाजी मार्न सफल भयो। 

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको लुम्बिनीले ६ बलमा १९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पछ्याएको फार वेस्टर्न १० रनमा नै समेटिन पुगेपछि लुम्बिनीले सुपर ओभरमा ९ रनको जित निकाल्यो। 

त्यसअघि फार वेस्टर्न निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन जोडेको थियो। पहिलो ब्याटिङ गरेको फारवेस्टर्नका लागि देव खनालले सर्वाधिक ४८ रन बनाए। हस्मतुल्ला साहिदीले ३२ रन बनाउँदा भीम सार्कीले १५ रन जोडेका थिए। करण केसीले १२ रन बनाउँदा विनोद भण्डारीले ११ र हसिम अन्सारीले पनि ११ रन नै बनाएका थिए। 

जवाफमा खराब शुरुवातका बाबजुद लुम्बिनी खेलमा फर्किएको थियो। ओपनर लाहिरु मिलनथाले ३४ रन बनाउँदा त्यसपछिका पाँच ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन्। विपुल शर्माले ३१ रन बनाउँदा गुल्सन झाले ३६ रनको नटआउट इनिङ खेल्दै टिमलाई सुपर ओभरसम्म पुर्‍याएका थिए। 

जितसँगै लुम्बिनीले खेलेका सबै ४ खेल जितेर ८ अंक जोड्दै शीर्ष स्थानमा कायम रहेको छ। हारसँगै फार वेस्टर्न २ अंकका साथ चौथो स्थानमा कायमै रहेको छ। फार वेस्टर्न यसै संस्कणको पहिलो भेटमा पनि लुम्बिनीसँगको खेलमा पराजित भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP