Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आहा रारा गोल्डकप : उद्घाटन खेलमा आज सहारा र धरान भिड्ने

पर्वत : आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करण पोखरा रंगशालामा सुरु हुँदै छ। 

फुटबल खेलको विकासका लागि मोफसलको महत्त्वपूर्ण खेलका रूपमा लिने गरिएको आहा रारा पोखरा गोल्डकपको यो संस्करणको पहिलो खेल बिहीबार दिउँसो दुई बजे हुँदै छ। १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्न लागेका छन्। 
 उद्घाटन खेल दुई बजेबाट सुरु हुने भए पनि गोल्डकपको औपचारिक कार्यक्रम भने साढे १ बजे पोखरा रंगशालामा नै हुनेछ। उद्घाटन सत्रमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य सहभागी हुँदै छन्। 

पुस २३ गतेसम्म हुने प्रतिस्पर्धामा सङ्कटा क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च बोइज युनाइटेड फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिका तथा विभागीय क्लबहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब पनि भिड्दै छन्।

आजको उद्घाटन खेलबाट विजयी टोलीले पुस १६ गते सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।पुस १८ गते नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीचको खेल हेर्न पाइनेछ। यसबाट विजयी हुने टोलीले पुस १६ गतेका लागि राखिएको खेलबाट विजयी बनेर आएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

पुस २० मा हुने सेमिफाइनल खेलमा पुस १८ गतेको खेलबाट विजयी बन्ने आर्मी वा संकटामध्येको एक टोलीले पुस १६ गतेको खेलबाट विजयी बनेर आएको टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। पुस गते हुने खेलमा सहारा र धरानबीच भएको खेलबाट विजयी बनेर गएको टोलीले एपिएफको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

पुस १५ गते पुलिस क्लब र चर्च बोइजबीच प्रतिस्पर्धा हुनेछ। यो खेलबाट विजेता बन्ने टोलीले पुस १७ गते हुने खेलमा मच्छिन्द्र क्लबसँग खेल्नुपर्नेछ। यी ३ टोलीमध्येको एक टोली सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा अर्कोतर्फबाट मनाङ मर्स्याङ्दी वा भुटानिज युथसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

मनाङ मर्स्याङ्दी र भुटानिजबीचको खेल पुस १९ गते हुनेछ। यी दुईमध्येको एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछ। यो समूहबाट जाने टोलीको सेमिफाइनल खेल पुस २१ गतेका लागि राखिएको छ। फाइनल खेल पुस २३ गते गर्ने गरी ‘टाइसिट’ तयार पारिएको छ।

यो पटकको संस्करणमा पुरस्कार राशिमा विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रूपैयाँ नगद वृद्धि गरिएको छ। विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ नगद प्राप्त गर्ने छन्। 

गत वर्षको खेलमा विभागीय टोली एपिएफ क्लब विजेता बन्दा मनाङ मर्स्याङ्दी क्लबले उपविजेतामा चित्त बुझाएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP