Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

धरानको विपी प्रतिष्ठानलाई स्वास्थ्य मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। विकास समस्या समाधान उपसमितिको बैठकमा अनुपस्थित भएपछि मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई स्पष्टीकरण सोधेको हो । 

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले मन्त्रीस्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा बिना जानकारी अनुपस्थित भएको भन्दै २४ घण्टाभित्र स्पष्टीकण पेश गर्न पत्र काटेका छन्।

विपी प्रतिष्ठानका अस्पताल निर्देशक र रजिष्ट्रारलाई स्पष्टीकरणमा सोधिएको छ, ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउनुहुन यस मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार जानकारी गराइन्छ।’

सोहीअनुसारको स्पष्टीकरण महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देशकलाई पनि सोधिएको छ।

मन्त्रालयले १२ पुसमा प्रथम त्रैमासिकमा सञ्चालित विकास कार्यक्रम आयोजनाहरूको समीक्षा गर्न विकास समस्या समाधान उपसमितिको बैठक बोलाएको थियो। उक्त बैठकमा विपी प्रतिष्ठानका पदाधिकारीहरूलाई बोलाइएको थियो तर प्रतिष्ठानका कुनै पनि पदाधिकारी उक्त बैठकमा सहभागी भएका थिएनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP