
काठमाडौं : नेपाल टी-२० लिगमा विराटनगरले दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।
टियू क्रिकेट मैदानमा विराटनगरले लगातार दोस्रो खेलमा पोखरालाई पराजित गर्न सफल भयो। यसअघि बुधबार भएको खेलमा पोखरालाई ६ विकेटले पराजित गरेको थियो।
डबल राउन्ड रोबिनका आधारमा जारी प्रतियोगितामा यसअघि प्रतियोगितामा पहिलो पटक यी दुई टिम बुधबार प्रतिस्पर्धा गरेका थिए। टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरका लागि रोहित पौडेलले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अविजित ७१ रनको अर्धशतकीय इनिङ खेले। गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए।
पोखराका लागि अमिर हम्जा र जाहिर खानले १/१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले गतिलो प्रदर्शन गर्न सकेन। उसले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रनमात्र बनायो। पोखराका लागि अमिर हम्जाले २५ बलमा अविजित ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाएका थिए। कप्तान उपुल थरंगाले २५ र प्रतिश जिशीले अविजित १३ रन बनाए। आसिफ शेख ११ रनमा आउट भएका थिए।
विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम, राज नानन र नन्दन यादवले १/१ विकेट लिए। ४ खेल खेलेको विराटनगर दोस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भएको छ। ५ खेल खेलेर पोखरा अंकविहीन रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया